काठमाडौं – जीवन बीमा गरेकाले चैत मसान्तसम्म बीमा शुल्क बुझाउनु नपर्ने भएको छ । बीमा समितिले चैत महिनाभरि बीमा शुल्क र यसमा लाग्ने ब्याज तिर्न नपर्ने व्यवस्था गरेको हो । कोरोना भाइरस त्रासका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण समितिले सकुर्लर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको हो ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीका हकमा पनि बीमालेखको म्याद सकिएका सम्बन्धित बीमितले लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्त) पठाएपछि स्वतः नविकरण हुने भएको छ ।
निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाइ क्षति एकिन गरी दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन पठाएको हो । समितिले कोरोना भाइरसको त्रासका कारण उत्पन्न परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क असुल्न पनि निर्देशन दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्