
काठमाडौं । वैदेशीक रोजगारीमा जाने नेपालीहरुले गर्न पर्ने म्यादी बीमालाई बीमा समितिले सहज बनाएको छ । कोरोनाका कारण विश्वभरी रहेका नेपाली श्रमिकमा परिरहेको समस्यालाई सम्बोधन गर्दै भुक्तानी प्रणाली र कागजातका विषयमा नयाँ नियम लागू गरेको बीमा समितिले जनाएको छ ।
वैदेशीक रोजगारमा जान चाहनेलाई बीमा कम्पनीले म्यादी बीमा पोलिसी जारी गर्दा लाग्ने भुक्तानीलाई चेक, अनलाइन प्रणलीबाट भुक्तानी दिन मिल्ने बनाउन समितिले निर्देशन दिएको छ । श्रम स्विकृति लिनका लागि आवश्यक पर्ने कागजात अनलाइन वा डिजिटल कपी नै पेश गर्न मिल्ने व्यबस्था मिलाउन समेत आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
म्यादी बीमा ६ महिनाको मात्र जारी गर्न र उक्त अवधिको मात्र शुल्क लिन पनि समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । विदेशमा रहेका नेपालीहरुको बीमा नविकरण वा विदेशमा भिसा लगाउदा आवश्यक पर्ने बीमा सम्बन्धीको भुक्तानी अनलाइन सेवाप्रदायकबाट व्यबस्था गर्न समितिले भनेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्