Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक बसमा बढी भाडा लिने ९ जना पक्राउ, माहामारीका बेला जनता ठग्ने ती ‘पापी’हरुको नाम हेरौं !

अर्थ सरोकार

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक बसमा बढी भाडा लिने ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालकाजी घिसिङ, दिपक तामाङ, श्याम थापामगर, नरेश लामिछाने,दिलबहादुर भण्डारी, भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्ती र सुब्बा बोहरा छन् । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK