Skip to content
LAXMI SUNRISE BANK

लामो दुरीको रुटमा निजी कार र बाइक लिएर पनि जान पाईदैन : यातायात व्यवस्था विभाग

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् । यो घोषणासँगै कुन कुन सवारी साधन कहाँकहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।

यता यातायात व्यवस्था विभागले भने निजी सवारी साधन लिएर पनि लामो दुरीमा जान नपाइने बताएको छ। 
यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालका अनुसार लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न । उनका अनुसार लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK