
काठमाडौँ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ हुने बिदाको सूची निकालेको छ । सूची अनुसार सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ भने महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।
यस्तै उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित वाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएका छ । जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।
महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ । त्यस्तै, वसन्त पञ्चमीमा फापुन ४ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।
गणतन्त्र दिवस (जेठ १५ गते), जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।
सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ । कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।
हेर्नुहोस् राजपत्रमा उल्लेखित बिदाको सूची














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्