
काठमाडौं । विद्युतीय सवारी प्रयोगकर्ताहरुलाई खुशीको खबर रहेको छ। विद्युतीय सवारी अब ४ रुपैयाँ ४५ पैसामा ‘फुल चार्ज’ हुने भएको छ। प्रयोगकर्ताले सवारी रातीको ११ बजेदेखि विहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा मात्रै प्रतियुनिट महसुल तिर्नुपर्नेछ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा पठाएको महसुल दर अनुसार यस्तो व्यवस्था भएको हो। जुन महसुल सबैभन्दा सस्तो हो ।
यस्तै व्यवस्था अनुसार साँझ ५ बजेदेखि राती ११ बजेसम्म भने प्रतियुनिट ८ रुपैयाँ ४० पैसा महसुल लाग्नेछ भने यो सुविधा ३३ केभी भोल्टजका लागि हो । सोही भोल्टजेजमा राती ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा महसुल लाग्नेछ । अरु समयको हकमा भने ३३ केभी भोल्टेजका लागि ६ रुपैयाँ ६० पैसा र ११ केभी भोल्टेजका लागि ६ रुपैयाँ ९० पैसा महसुल लाग्नेछ ।
पुसदेखि चैतसम्मको फरक महसुल दर तय गरिएको छ । विद्युतीय सवारी प्रयोगकर्ताहरुले यस अवधिमा ३३ केभी भोल्टेजका लागि ८ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ भने ११ बजेदेखि ५ बजेसम्मका लागि ६ रुपैयाँ ६० पैसा महसुल लाग्नेछ । यस्तै ११ केभी भोल्टेजको महसुल दर पनि तय गरिएको छ । यसमा साँझ ५ बजेदेखि ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा र राती ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा महसुल तिर्नुपर्नेछ भने अन्य समयमा भने १० रुपैयाँ ३० पैसा महसुल लाग्नेछ ।
योसँगै विद्युतीय सवारी प्रयोगकर्ताहरुलाई महसुलमा सहज हुने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्