×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाको शंका लागे ११८० नम्बरमा फोन गर्नुस्’ : मेयर विद्या शुन्दर शाक्य

PRIME CA
GLOBAL IME BANK

‘कोरोनाको शंका लागे ११८० नम्बरमा फोन गर्नुस्’ : मेयर विद्या शुन्दर शाक्य

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले कोरोना भाइरस (कोभिड-१९)को सन्त्रासबाट सजगता अपनाउन आग्रह गरेका छन् । मेयर शाक्यले कोरोना भाइरसको शंका लागे टोल फ्रि नम्बर ११८० मा खबर गर्न पनि अनुरोध गरेका छन् ।  शाक्यले काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।
कोरोना संक्रमण धेरै भीड भएको  ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना उपनाउन अपिल समेत गरेका छन् । यस्तै उनले घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू नमनाउन पनि आग्रह गरेका छन् । विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न आग्रह गरेका छन् ।
धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगर्न, सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाउन विज्ञप्तिमार्फत अपिल गरेका छन् । 
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्ने पनि उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: