काठमाडौँ – उपत्यकाका विभिन्न क्षेत्रमा २ दिन लोडसेडिङ हुने भएको छ । चैत ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भएको हो । नेपाल विद्युत प्राधिकरणले दुई दिन कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन अवरुद्ध हुने बताएकाे हाे ।
कलङ्कीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि स्वीचाटार– स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो लाइनको विद्युत् अवरुद्ध हुने भएको हो ।
उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री लगायतका ग्राहकमा असुविधा पर्ने भएको छ । प्राधिकरणले निर्धारित समय अगावै सो कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्