काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालले जनाएको हो ।
चन्द्रगिरी नगपालिका सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।