×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट, नेपालको आयल निगम किन मूल्य घटाउँदैन ?

PRIME CA
GLOBAL IME BANK

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट, नेपालको आयल निगम किन मूल्य घटाउँदैन ?

२७ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कोरोना भाइरसबाट उत्पन्न त्रासका कारण विश्व बजारमा यस्तो गिरावट आएको हो । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रतिब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ भने लन्डनमा तेलको कारोबार प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा भइरहेको छ । तेलको मुल्यमा आएको गिरावटसँगै अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटेको छ । यसले विश्व अर्थतन्त्रलाई कता लैजाँदैछ भन्ने प्रश्न उठाएको छ। 
कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्य पनि घटेको छ । शुक्रबार १०.१ प्रतिशतले खनिज तेलको मूल्य घटेको हो । यो गिरावट ५ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट भएको जानकारहरु बताउछन् । यता एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले भने साउदी अरेबियाको बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताएका छन् । 
विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ ? नेपालमा किन घटिरहेको छैन तेलको मूल्य ?
तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्ने देखिन्छ । यसले विश्व अर्थतन्त्रमा ठुलै असर पर्ने जानकारहरुको तर्क छ । तर विश्व बजारमा कच्चा तेलको मूल्य अत्याधिक घट्दा पनि नेपालमा भने तेलको मूल्य घटेको छैन । यस विषयमा आयल निगम पनि मौन छ । यद्यपी आयल निगमले छिट्टै नै तेलको मूल्य समायोजन गर्न लागेको बुझिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: