दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा सुनसरीको इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रहरीले पक्राउ गरी दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए ।
गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । गुरागाईंले दिएको तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।