×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस : ब्राजिलका राष्ट्रपतिले अमानवीय वक्तव्य दिएपछि चारैतिर बिरोध

LAXMI SUNRISE BANK

कोरोना भाइरस : ब्राजिलका राष्ट्रपतिले अमानवीय वक्तव्य दिएपछि चारैतिर बिरोध

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलोनसरोले देशमा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुसम्बन्धी लिएर टिभीमा दिएको एक अन्तरवार्तामा दिएका छन् । उनले अन्तरावार्ताका क्रममा संक्रमणको कारण मृत्यु भएकाहरुलाई लिएर चिन्ता व्यक्त गर्नुको सट्टा देशको अर्थव्यवस्थामा जोड दिएका छन् ।

उनले अन्तरवार्ताका क्रममा भने, ‘मलाई माफ गर्नुहोस्, केहि मानिसहरु मर्दछन्, उनीहरु मर्दछन् । तपाई एक कार फ्याक्ट्रीलाई यसकारण बन्द गर्नसक्नुहुन्न, किनकि ट्राफिकका कारण मृत्यु हुन सक्दछ ।’ यस कुराबाट राजनीतिक विज्ञहरुले बोलोनसरो अझै पनि कोरोना भाइरसको प्रकोपलाई लिएर गम्भीर नभएको आरोप लगाएका छन् ।

ब्रजिलमा अहिलेसम्म ३ हजार ७ सय ७७ कोरोनाका संक्रमितहरु पाइएको छ भने भाइरसका कारण ९३ जनाको ज्यान गईसकेको छ । एजेन्सीको सहयोगमा

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी