Skip to content
LAXMI SUNRISE BANK

ब्रोकर हाउस छिर्दा मास्क अनिवार्य, मास्क भने निःशुल्क पाइने

अर्थ सरोकार

काठमाडौँ –  ब्रोकर हाउसले निशुल्क मास्क उपलब्ध गराएको छ । स्कट ब्रोकर्स एसोसिएसनले ब्रोकर कम्पनीहरुलाई कोरोनाभाइरस रोकथामका लागि ५ हजार थान मास्क वितरण गरेको छ।
कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत ब्रोकर हाउसहरुमा छिर्नका लागि मास्क अनिवार्य गरिएसँगै भुलेर मास्क नलगाई ब्रोकर हाउस पुगेका ग्राहकलाई लक्षित गरेर एसोसिएसनले मास्क उपलब्ध गराएको हो। 
आइतबारदेखि लगानीकर्ता र कर्मचारी ब्रोकर हाउसहरुमा छिर्दा मास्क अनिवार्य गरिएको छ। यदि कसैले मास्क लगाएका छैनन् भने अब ब्रोकर हाउस छिर्न पाउने छैनन्। 
ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीडभाड हुने भएकोले नियायम निकाय सेबोनले पनि  मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिसकेको छ। सोहीअनुसार एसोसिएसनले ब्रोकरहरुलाई मास्क उपलब्ध गराएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK