
काठमाडौँ – ब्रोकर हाउसले निशुल्क मास्क उपलब्ध गराएको छ । स्कट ब्रोकर्स एसोसिएसनले ब्रोकर कम्पनीहरुलाई कोरोनाभाइरस रोकथामका लागि ५ हजार थान मास्क वितरण गरेको छ।
कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत ब्रोकर हाउसहरुमा छिर्नका लागि मास्क अनिवार्य गरिएसँगै भुलेर मास्क नलगाई ब्रोकर हाउस पुगेका ग्राहकलाई लक्षित गरेर एसोसिएसनले मास्क उपलब्ध गराएको हो।
आइतबारदेखि लगानीकर्ता र कर्मचारी ब्रोकर हाउसहरुमा छिर्दा मास्क अनिवार्य गरिएको छ। यदि कसैले मास्क लगाएका छैनन् भने अब ब्रोकर हाउस छिर्न पाउने छैनन्।
ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीडभाड हुने भएकोले नियायम निकाय सेबोनले पनि मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिसकेको छ। सोहीअनुसार एसोसिएसनले ब्रोकरहरुलाई मास्क उपलब्ध गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्