
काठमाडौं । बेल्जियमको एक बिरालोमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण देखिएको छ । बिरालोमा कोरोना भाइरस घरमालिकबाट सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो ।
विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् । जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए ।
लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।
यसले मानिसहरुमा आफ्नो घरपालुवा जनावरको बारेमा डर उत्पन्न गर्ने उनीहरुको भनाई छ । अहिले बिरालोको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमालिकको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्