×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सन्त्रास : चैती छठ सार्जजनिकस्थल र पोखरीमा नमनाउन आग्रह

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना सन्त्रास : चैती छठ सार्जजनिकस्थल र पोखरीमा नमनाउन आग्रह

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणलाई दृष्टिगत गरी आस्थाको महापर्व चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा सरकारद्वारा गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै आज हुने चैती छठको पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिरहेको स्थितिलाई मनन गरी सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि अनुरोधसमेत गरिएको छ ।
कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीकका रूपमा छठ पर्व कात्तिक र चैत महिनामा मनाइने गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी