
काठमाडौं । चीनको वुहान शहरबाट पैदा भएर सारा विश्वलाई नै तहस नहस बनाइरहेको कोरोना भाइरसको प्रकोप अब चीनको वुहानमा बिस्तारै कम हुँदै गएको छ । महामारी बिस्तारै कम हुँदै गएपछि चीन सरकारले लकडाउन खुलाएको छ । तर महिनौँपछि लकडाउन खुलेलगत्तै चीनमा हिंसा र झडपको खबर आउन थालेको छ । महिनाँैपछि घरबाट बाहिर निस्किन पाउँदा बाहिर निस्किने आम मानिसहरु होडबाजी चलेको हो । बस तथा ट्रेन चढ्नको लागि मानिसहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चीनको सोसल मिडियामा पोस्ट गरिएको केहि भिडियोजलाई साक्षी मान्दै क्यानडाको एक मिडिया ‘द ग्लोब एण्ड मेल’ले आफ्नो रिपोर्टमा हुवेईको जियांगशी प्रान्त जोड्नेवाला पुलमा हिंसा भड्किएको बताएको छ । भिडियोमा पुलिस भीड शान्त बनाउनको लागि गाडी लिएर आउँदा गाडी पुलिसको गाडी नै तोडफोड गरिएको देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले धेरै संख्यामा पुलिसहरु तैनाथ गरेको र हुवेईबाट जियांगशी प्रान्तमा एन्ट्री बन्द गरेको छ ।
एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्