काठमाडौँ – नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ। गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । नेपाल ५ वर्षे कार्यकाल पुरा गरी बिदा भएका छन् ।
यसो त सरकारले एकमहिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गरेर स्वास्थ लाभ गरिरहेकाले मन्त्रीपरिषद्को बैठक बस्न ढिला हुँदा गभर्नरको कुर्सी खाली राख्न नहुने भएकाले सरकारले अर्को व्यवस्था नहुँदासम्मलाई शिवाकोटीलाई कामुको जिम्मेवारी दिएको हो। शिवाकोटीले गभर्नरले गर्ने प्रशासनिक काम मात्र गर्न पाउने छन् ।
नयाँ गभर्नर नियुक्तिका लागि मान्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको संयोजकत्वमा पुर्व गभर्नर तथा अर्थशास्त्री सहितको तीन सदस्यीय सीफारिस समिति बनाउनु पर्ने राष्ट्र बैंक ऐनमा ब्यवस्था छ । उक्त समितिको सिफारिसको आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकबाट गभर्नर चयन गर्नेछन। शिवाकोटी पनि अबको गभर्नरका रुपमा मुख्य दाबेदार एवं योग्य व्यक्ति समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्