काठमाडौँ – गभर्नर डा. चिरंजीबि नेपाल नेपाल राष्ट्र बैंकबाट बहिरिएका छन् । राष्ट्र बैंकमा १६ औं गभर्नरका रुपमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगलबार बिदा भएका हुन् । डा. नेपालले बिदा हुने क्रममा आफ्नो कार्यकालमा भएका सुधार एवं पहल भएका कामहरूको उल्लेख गर्दै आफ्नो ५ वर्षे कार्यकालमा बैंकको उद्देश्य प्राप्तिमा खटिएका बैंक सञ्चालक समितिका सदस्य, उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
साथै बैंकको कार्य सम्पादनको सिलसिलामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय लगायत अन्य निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन् ।
हेर्नुहोस्, डा. नेपालले दिएको बिदाइ मन्तब्य