काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ ।
सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो । चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।
चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो । निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्