
चितवन- भरतपुरस्थित कोरोना विषेश अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिएका छन् ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
यादव किड्नीका रोगी थिए।उक्त रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए। ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा. अधिकारीले भने ‘ कोरोना हो कि होइन अहिले भन्ने अवस्था छैन्। रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्