×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनेमा हलदेखि डान्सबारसम्म बन्द गर्ने सरकारको निर्णय, होटल तथा सपिङ्ग मलमा स्यानिटाइजर राख्न आग्रह

PRIME CA

सिनेमा हलदेखि डान्सबारसम्म बन्द गर्ने सरकारको निर्णय, होटल तथा सपिङ्ग मलमा स्यानिटाइजर राख्न आग्रह

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त स्थानहरु २०७७ को वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन सम्बन्धित मन्त्रालयहरुले गर्ने जिम्मेवारी दिइएको छ । यस्तै, यसको अनुगमन र कार्यान्वयनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समेत निर्देशन दिइएको छ ।
साथै सरकारले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलमा हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउन पनि भनेको छ । 
यस्तै सरकाले धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय समेत गरेको छ भने बैंठकले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सार्वजनिक यातायातलाई आग्रह गरेको छ । सरकारले कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । जसमा युरोपका सबै देश समेटिएका छन् । साथै सरकारले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: