×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज?

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज?

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज (मंगलबार, फागुन २० गते)  देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले  २५ लाख ऋणपत्र जारी गरेको हो। जारी भएको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । यस ऋणपत्रमा फागुन २३ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत्र ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी