×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ‘सिएसआर’, सडक आश्रित मानव मुक्त अभियानलाई १ लाख आर्थिक सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंकको ‘सिएसआर’, सडक आश्रित मानव मुक्त अभियानलाई १ लाख आर्थिक सहयोग

Artha Sarokar

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई १ लाख सहयोग गरेको छ । मानिसहरु सडकपेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुगेकाहरुलाई आश्रय दिन सञ्चालन गरेको उक्त अभियान नेपाललाई सफल पार्न बैंकले सो रकम उपलब्ध गराएको हो ।
यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । सिएसआर
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी