
यस्तै प्रतिबन्ध गरिएको ठाउँबाट ट्रान्जिट बनाएर समेत नेपाल आउन नमिल्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ वटा देश र पश्चिम एशिया र खाडीका १९ वटा देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । यस्तै सरकारले एसईई परिक्षा स्थगित गरेको छ भने विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । लोक सेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको छ । सर्वसाधारणलाई भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो । कोरोना प्रभावित ६६ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।