
एजेन्सी । केही दिन यता, कोरोनाभाइरसको संक्रमणले युरोपका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । पछिल्लो समय युरोपलाई नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ भन्न थालिएको छ । किनकि, युरोपमै कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसका बाबजुद युरोपको एउटा मुलुक भने कोरोना संक्रमणबाट रत्तिभर प्रभावित तथा विचलित देखिएको छैन । आफ्नो निकट छिमेकी मुलुक रुस र युक्रेन कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भइसक्दा पनि बेलारुस भने सामान्य दैनिकीमै छ । जबकि रुस र युक्रेनले कोरोना संक्रमण रोक्नका लागि कडा प्रतिबन्धका कार्यक्रम लागू गरिसकेका छन् ।
युक्रेनले चाँडै नै कोरोना रोकथामका लागि आपतकाल घोषणा गर्ने भएको छ । रुसले सबै विद्यालय तथा कलेज बन्द गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा रोक लगाइसकेको छ । बेलारुस भने सामान्य अवस्था मै छ । बेलारुसको सबै सीमा खुला छन् भने मानिसहरु नियमित काममा व्यस्त छन् । त्यहाँ खाद्यान्न तथा अत्यावश्क सामान किन्न मानिसहरुको घुइँचो पनि छैन, मानौं सबै कुरा सामान्य नै छ ।
‘आतङ्कित हुन जरुरी छैन’
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले तत्काल बेलारुसमा कोरोना संक्रमण रोकथामका लागि भन्दै कडा कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।मंगलबार चीनका राजदूतसँग छलफलपछि उनले भने, ‘घटनाहरु भइरहन्छन्, त्यसलाई लिएर मानिस आतङ्कित नहोउन् भन्ने जरुरी हुन्छ ।’बेलारुसले सिनेमा घर बन्द गरेको छैन, न त सार्वजनिक कार्यक्रममा नै कुनै प्रकारको रोक लगाइएको छ । बेलारुस विश्वका ती सीमित मुलुकमा पर्दछ जसले फुटबल प्रतियोगिता पनि रोकेको छैन । बेलारुसमा सामान्य अवस्थामा जस्तै फुटबल प्रतियोगिता भइरहेको छ, छिमेकी मुलुक रुसका दर्शकका लागि टेलिभिजनमार्फत फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भइरहेको छ ।
-एजेन्सीको सहयोगमा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्