
एजेन्सी-कोरोना भाइरसबाट उच्च रुपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्या गरेका छन् । जर्मनीका समाचार संस्थाहरुका अनुसार, अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण उल्लेखनीय रुपमा चिन्तित बनेका थिए । जर्मन समाचार संस्था डच वेलेले भनेको छ, ‘कोरोना भाइरसका कारण सिर्जित संकटका बीच आर्थिक सहयोगबारे जानकारी गराउन उनी सार्वजनिक रुपमा देखिने गरेका थिए ।’
हेसे जर्मनीको आर्थिक राजधानी मानिएको फ्र्याङ्कफर्ट हेसे राज्यमा नै पर्छ । सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले स्याफरको मृत्युलाई पत्याउनै नसकिने दुखद घटना भनेका छन् । कोरोना भाइरसले सिर्जना गरेको संकटको घडीमा मन्त्री स्याफर जनताको अपेक्षा अनुरुप आर्थिक सहायता दिन केन्द्रित रहेको पनि भोल्करले उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्