×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचौ कोरोना संक्रमितको उपचार बाग्लुङमै, किन एकाएक रोकियो काठमाडौँ ल्याउने तयारी ?

LAXMI SUNRISE BANK

पाँचौ कोरोना संक्रमितको उपचार बाग्लुङमै, किन एकाएक रोकियो काठमाडौँ ल्याउने तयारी ?

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाग्लुङ । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकी बाग्लुङकी किशोरीको आज (आइतबार) बाट स्थानीय धौलागिरी अञ्चल अस्पतालमै उपचार शुरु भएको छ । हिजो (शनिबार) मात्र पाँचौं संक्रमितको सूचीमा परेकी ती किशोरी बेल्जियमबाट दोहा हुँदै कतार एयरको जहाज चढी चैत ६ गते नेपाल आएकी थिइन् ।
काठमाडौं फर्किएलगत्तै उनी पोखराको उडान भर्दै सोही दिन माइक्रोबस चढेर बाग्लुङ पुगेकी थिइन् । अस्पतालका निर्देशक विनोदबन्धु शर्माका अनुसार, संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । हाललाई उनको उपचार यहीं गर्ने निधो गरिएको छ, तर बीचमा कुनै समस्या आएको खण्डमा पोखरा वा काठमाडौं पठाउने तयारी भईरहेको जानकारी पनि डा. शर्माले दिएका छन् । एकाएक किन काठमाडौँ ल्याउने तयारी रोकियो भन्नेबारे भने कोहि बोलेका छैनन् ।  संक्रमित किशोरीसँगै अरु दुईजना पनि बेल्जियमदेखि नै आएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी