×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाद्वारा १० करोडको कोष स्थापना (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाद्वारा १० करोडको कोष स्थापना (भिडियो रिपोर्ट)

Artha Sarokar

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महानगरपालिकाले कोरोना भाइरस (कोभिड) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । 
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताउनुभयो । महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्री सहितको हेल्प डेस्क स्थापना गर्ने र निशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने उहाँले बताउनुभयो । 
महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मश्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत पुजा बाहेक अन्य कुनै भिडभाड नगर्न समेत उहाँले आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी