Skip to content
LAXMI SUNRISE BANK

कोरोनाले भयावह बन्यो विश्व, पछिल्लो २४ घण्टामा मात्रै ३५ सय ७ जनाको ज्यान गयो

अर्थ सरोकार

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । विश्व स्वस्थ्य संघबाट प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको छ। 
अहिलेसम्म सबै भन्दा धेरै इटालीमा एकै दिन ८ सय ८९ जनाको मृत्यु भएको छ भने स्पेनमा ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ। 
विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK