
काठमाडौँ । नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले व्यापार व्यवसाय बन्द गर्ने भएको हो । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण उच्च रहेको भन्दै सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।
बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । वि:सं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्