×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतसँग सीमा जोडिएको दार्चुलामा डाक्टरका पीडा, ‘ ६ घण्टा ड्युटी छ, तर आफैंलाई लगाउन मास्क छैन’

PRIME CA

भारतसँग सीमा जोडिएको दार्चुलामा डाक्टरका पीडा, ‘ ६ घण्टा ड्युटी छ, तर आफैंलाई लगाउन मास्क छैन’

८ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

दार्चुला । सरकारले कोरोना भाइरसका विरुद्ध लड्न सबैलाई आग्रह गरेको छ । मास्क लगाएर मात्र हिड्न चिकित्सकहरुले सुझाव दिएका छन् । तर भारतसँग सीमा जोडिएको क्षेत्रमा कोरोना को चेकजाँचको लागि खटिएका स्वास्थ्यकर्मी मास्क बिनै चेकजाँच गरिरहेका छन् । कोरोनाबाट जोगिन मास्क अनिवार्य भनिएपनि सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी मास्क नहुँदा असुरक्षित रुपमा चेकजाँच गर्न बाध्य भएका हुन् ।
दार्चुलाको सदरमुकाम खलंगास्थित पूल घाटमा चार जना स्वास्थ्यकर्मी चेकजाँचका लागि खटिएका छन् । अहिले सीमाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई थर्मामिटर, ग्लोब्स, विपिसेट मात्र उपलब्ध गराइएको छ । ‘छ घण्टा ड्युटी गर्नुपरेको छ,’ स्वास्थ्यकर्मी जसु लुहारले भन्छिन् ‘तर मास्क नै छैन् । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको कारण सुरक्षित महशुस गरेका छौ ।’ 
जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवाल जिल्ला अस्पतालसँगै मास्क नभएको बताउँछन् । देशभर मास्क अभाव भएको  उनको तर्क छ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: