Skip to content
LAXMI SUNRISE BANK

यी ४ संस्थाको ६ करोड १४ लाख बराबरको सम्पत्ति लिलामीमा ल्याउँदै ऋण असुली न्यायाधीकरण…!

अर्थ सरोकार

काठमाडौं । ऋण असुली न्यायाधीकरणले ४ व्यवसायीक संस्थाको सम्पत्ति लिलाम गर्ने भएको छ। न्यायाधीकरणले सोमबार ३५ दिने सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । ४ व्यवसायीक संस्थाले ऋण लिएर रकम नतिरेको भन्दै संस्थाले धितोमा राखेको सम्पत्ति लिलाम गर्न लागिएको न्यायाधीकरणले जनाएको छ। 
न्यायधीकरणले कुल ६ करोड १४ लाख २० हजार रुपैयाँ बराबरको लिलामी गर्न लागेको हो।  साविक नेशनल फाइनान्स हाल सनराइज बैंकबाट ऋण लिइ किरण गार्मेन्ट इन्डष्ट्रिजको ९३ लाख ७१ हजार २५० रुपैयाँ, नेपाल बैंक लिमिटेडबाट ऋण लिएको डीके इन्टरप्राइजेजको १ करोड २२ लाख ९२ हजार ५०० रुपैयाँ, नेपाल बैंक लिमिटेडबाटै डीसी ट्रेडिङ प्रालिको १ करोड ९३ लाख ६० हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको राजकार इन्टर ट्रेड कन्सर्नको २ करोड ३ लाख ९६ हजार २५० रुपैयाँ बराबरको जग्गा लिलामी गर्न लागिएको जनाएको छ।  
सूचना जारी भएको ३५ दिनभित्र इच्छुक (व्यक्ति वा संगठित संस्था वा कम्पनी)ले आफूले खरिद गर्न चाहेको मूल्यमा सिलबन्दी बोलपत्र पेश गर्न सक्ने पनि न्यायधीकरणले जनाएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK