×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व अनुसन्धान विभागद्वारा व्यवसायिक फर्म तथा कम्पनीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन (सूचनासहित)

PRIME CA

राजस्व अनुसन्धान विभागद्वारा व्यवसायिक फर्म तथा कम्पनीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन (सूचनासहित)

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राजस्व चुहावट गर्ने व्यवसायिक फर्म तथा कम्पनीहरुलाई राजस्व अनुसन्धान विभागले ७ दिनभित्र हाजिर हुन जानकारी गराएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै हरिहर भवन ललितपुरमा उपस्थित हुन जानकारी दिएको हो। 
विभागले राजस्व चुहावट गर्ने १३० व्यवसायिक फर्म तथा कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन जानकारी गराएको हो । विभागले पछिल्लो डेढ वर्षमा मात्रै १५ अर्ब रुपैयाँ बराबर दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरिसकेको छ भने ३०० भन्दाबढी व्यवसायिक फार्म तथा व्यापारिक संस्थाहरुको नियमित अनुगमन तथा अध्ययन गरिरहेको छ। 
यस्तै विभागले ‘सूचनाको म्यादभित्र उपस्थित नभएमा तपाईहरुको यस अनुसन्धानसम्बन्धी बिषयमा कही कतै उजुरबाजुर नलाग्ने र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) ऐन बमोजिम कारबाही भईजाने व्होरोसमेत यसै सूचनाबाट जानकारी गराइन्छ।’  सूचनामा उल्लेख छ। 
हेर्नुहोस्, राजस्व अनुसन्धान विभागले जारी गरेको सूचनाको जस्ताको तस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: