×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास निर्माणका काम समयमा नसक्ने कम्पनीको ठेक्का तोड्दै सरकार, ती कम्पनीहरु कुन-कुन हुन् ? (नामावलीसहित)

LAXMI SUNRISE BANK

विकास निर्माणका काम समयमा नसक्ने कम्पनीको ठेक्का तोड्दै सरकार, ती कम्पनीहरु कुन-कुन हुन् ? (नामावलीसहित)

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले विकास निर्माणका काम समयमा नसक्ने ५६ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले तोकिएको समयभित्र निर्माण कार्य गर्न नसक्ने कम्पनीको ठेक्का तोड्ने भएको हो । कार्यलयले मौखिक र पत्रपत्रिकामार्फत पटक-पटक निर्माण कम्पनीहरुलाई समयमा काम सक्न निर्देशन दिदाँ पनि कम्पनीहरुले अटेर गरेकाले सो निर्णय गरेको हो ।
कार्यालयका अनुसार ठेकेदार कम्पनीहरूले म्याद थपका लागि आवश्यक कागजातसहित निवेदन समेत पेश नगरेकाले यस्तो सूचना जारी गरिएको हो । अहिलेसम्म पनि के कारणले काम सम्पन्न नभएको हो त्यसको कारण सहितको निवेदन पेश गर्न कम्पनीलाई सुचित गरिएको थियो । तर, ठेकेदार कम्पनीहरूले अटेर गरेपछि उक्त सूचना कार्यालयले जारी गरेको हो ।
अबको ७ दिनभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको व्यहोरा खुलेको निवेदन कार्यालयमा नआइपुगे सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) क र दफा ७, ८ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का तोडिने भएको छ । र अन्य कारवाहीको लागि प्रक्रिया अघि बढाउने तयारीसमेत कार्यालयले गरेको छ ।
हेर्नुहोस्, सडक डिभिजन कार्यालय, मकवानपुरले जारी गरेको सूचना जस्ताको तस्तै : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी