×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : डेभलपमेन्ट बैंकर्स एसोसियसनले गर्यो यस्तो निर्णय, बैंकर्स एसोसियसनको बैठक भोलि बस्दै !

PRIME CA

कोरोना प्रभाव : डेभलपमेन्ट बैंकर्स एसोसियसनले गर्यो यस्तो निर्णय, बैंकर्स एसोसियसनको बैठक भोलि बस्दै !

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले ग्राहकहरुलाई विद्युतीय भुक्तानी लगायतमा सुविधा दिने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमा रोकथामका लागि बैंकहरुले ग्राहकहरुलाई उक्त सुविधा दिने भएका हुन् । 
मोबाइल, पिओएस, इन्टरनेट वा एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने ब्यवस्था गर्ने निर्णय गरिएको संघका पुर्व अध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी कृष्णराज लामिछानेले जानकारी दिए । बैंकका यी सेवामा संघले एक महिनासम्म शुल्क नलाग्ने निर्णय भएको जनाएको छ । संघको बैठक बिहिबार बसेको थियो।

यसैबीच वाणिज्य बैंकहरुको बैंकहरुको छाता संगठनले पनि भोलि कोरोना भाइरससम्बन्धी बैठक बस्ने बताइएको छ । संगठनले ग्राहकहरुका लागि कस्तो निर्णय गर्छ त्यो भने बैठकपश्चात थाहा हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: