×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर दिपेन्द्र शर्माको ‘सक्सेस स्टोरी’ : … एनआइसी बैंकबाट आएको त्यो एक कल, जसले बदलिदियो जिन्दगी (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकर दिपेन्द्र शर्माको ‘सक्सेस स्टोरी’ : … एनआइसी बैंकबाट आएको त्यो एक कल, जसले बदलिदियो जिन्दगी (भिडियो)

Artha Sarokar

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । बैंकर दिपेन्द्र शर्मा । हाल एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख । निकै सम्भावना बोकेका बैंकर र गण्डकी प्रदेशमा रहेका धेरै बैंकरका आदर्श पनि । आज उनले सम्हालिरहेको बैंकको गण्डकी प्रदेशको पोर्टफोलियो नै मर्जर अगाडीको एनआइसी बैंकभन्दा ठुलो छ । कुनै बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतले जति गर्ने काम उनले गरिरहेका छन् । एग्रेसिभ मुभसहित अगाडी बढिरहेको एनआइसी एशिया बैंकको गण्डकी प्रदेशका विभिन्न शाखाहरुका नेतृत्वकर्ताहरुका पनि नेतृत्वकर्ता उनी सानो लगनशीलता धैर्यता, मेहेनत र परिश्रमले यहाँसम्म आइपुगेका होइनन् । साच्चै उनको मेहेनत पनि उतिकै लोभलाग्दो छ । कर्ममा लगनशील, र धैर्यवान बैंकरका रुपमा प्रख्याति कमाएका उनै शर्माको ‘सक्सेस स्टोरी’ अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘अर्थ-कथा’मा आज हामी प्रस्तुत गर्दैछौँ । 
त्यो एक कल जसले बदलिदियो जिन्दगी
सन् २००६ मा बैंकिङ करियर सुरु गरेका हुन् शर्माले । पीएन क्याम्बसमा मास्टर्स पढ्दै थिए । बैंकिङमा खुब रुची थियो तर अवसर पाईसकेका थिएनन् । तत्कालीन एनआइसी एशिया बैंकबाट उनलाई कल आयो । ‘हाम्रोमा भ्याकेन्सी छ, तपाईंले अप्लाई गर्नुहोला ।’ बैंकिङमा रुची राख्ने शर्मालाई यति भएपछि के चाहियो ? उनले बैंकमा अप्लाई गरे, छानिए र त्यसपछि सुरु भयो उनको करियर यात्रा । निकै मेधावी विद्यार्थी थिए दिपेन्द्र । र त बैंकले उनी पढेको विश्वविद्यालयबाट उनको ‘डिटेल’ लिएर उनलाई कल गरेको थियो । त्यहाँबाट सुरु भयो उनको करियर यात्रा सोहि बैंकमा अगाडी बढ्यो । 
बैंक ठुलो हुँदै गर्दा बैंकले उनलाई झन् झन् विश्वास गर्यो । उनले पनि बैंकलाई विश्वास गर्न सक्ने बनाएका थिए । तत्कालीन बैंक अफ एशिया र एनआइसी मर्जरमा जाँदा उनी आफ्नो ब्रान्चको मर्ज्ड बैंकको मेनेजर भए । यो सायद टर्निङ पोइन्ट थियो उनको करियरका लागि । उनले कहिले पनि बैंक परिवर्तन गर्न खोजेनन् । अवसरहरु थुप्रै थिए तर उनी एनआइसी एशिया बैंकमै बसे । आज बैंकले उनलाई होनहार प्रतिभाको रुपमा लिन्छ । बैंकले उनलाई प्रदेशहरुमध्ये उत्कृष्ट काम गरेको भन्दै सम्मान समेत गरिसकेको छ ।
बैंकिङ गाह्रो छैन, तर सबैकुरा व्यवस्थापन गर्नुपर्छ 
धेरैले बैंकिङलाई गाह्रो काम भन्छन् । तर उनलाई बैंकिङ गाह्रो लागेको छैन । ‘समय व्यवस्थापन गर्नुपर्छ, सबै कुरा ठिक हुन्छ’ उनी अगाडी भन्छन्, ‘ कार्यालयमा फुल टाइम त दिनु नै पर्छ । काम पनि गर्नुपर्यो । सबैकुरा व्यवस्थापन गरेर अगाडी बढ्न सकियो भने सफल भइन्छ । तर कामचाहिं गर्नुपर्छ । धैर्यता राख्नुपर्छ । लगनशील हुनुपर्छ । गतिशील हुनुपर्छ’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी