डोटी – डोटीको क्वारेण्टाइनमा भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई राखिएको छ । नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका क्वारेण्टाइनमा भारतबाट आएकाहरुलाई राखिएको हो।
डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार डोटी जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको र कुल क्षमता पाँच सय १७ शय्या रहेको छ ।
क्वारेण्टाइनमा बसेकाहरु सबै भारतका विभिन्न शहरबाट आएको विष्टले बताए । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएर घरमै बसेकाहरुको सम्बन्धित स्थानीय तहले खोजी गरिरहेको समेत बिष्टले बताए । उनले भने ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरमै लुकेर बसेकाहरुलाई सम्झाउँदै क्वारेण्टाइनमा राख्ने काम गरिरहेका छन् ।’
क्वारेण्टाइनमा रहेका व्यक्तिहरुको खाना र खाजाको व्यवस्था सम्बन्धित स्थानीय तहहरुले नै गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्