×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला इसेवाको ‘ब्रह्मलुट’, ‘क्यासब्याक’ को नाममा सरकारले तोकेभन्दा धेरै हवाई भाडा !

PRIME CA

संकटका बेला इसेवाको ‘ब्रह्मलुट’, ‘क्यासब्याक’ को नाममा सरकारले तोकेभन्दा धेरै हवाई भाडा !

८ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ – कोरोनाको प्रकोप बढेको भन्दै बैंकिङ सेवा निशुल्क गरेको इसेवाले भित्रभित्रै भने संकटका बेला जनतालाई ‘लुट्ने’ काम गरिरहेको खुलासा भएको छ ।  कोरोनाका कारण जनताहरु त्राहिमाम भइरहेका बेला    विद्युतीय भुक्तानी प्रदायक ‘इसेवा’ले सरकारले तोकेभन्दा धेरै हवाई भाडादर उल्लेख गरेको पाइएको हो । इसेवाले यतिसम्म जनता झुक्याउने काम गरेको छ कि उसले सरकारले  तोकेभन्दा धेरै भाडा लिएर पुन: त्यसलाई पैसा फिर्ता दिने अर्थात ‘क्यासब्याक’ मा लगेर समायोजन गरी जनताको सेन्टिमेन्टमाथि खेल्ने दुष्प्रयास गरेको प्रयोगकर्ताहरुले दुखेसो पोखेका छन् । 

केहि उदाहरण हेरौं !
भद्रपुरको भाडा सरकारले आठ हजार नौ सय ६५ रुपैयाँ  तोकेको छ । कुनै पनि हालतमा आठ हजार नौ सय ६५ रुपैयाँभन्दा धेरै भाडा लिन पाइँदैन । तर ई-सेवाले भने ९ हजार रुपैयाँ  भाडा देखाएर पुन: क्यासब्याक भन्दै जनता झुक्याउने काम गरिरहेको छ ।  अर्को उदाहरणका लागि काठमाण्डौ-पोखराको अधिकतम हवाई भाडा चार हजार नौ सय ७५ रुपैयाँ हो । तर ई-सेवाले आइतबार बिहान ८ बजेको उडानको लागि पाँच हजार रुपैयाँ भाडा तोकेको छ । त्यसमा उसले ९४ रुपैयाँ क्यासब्याक दिने जनाएको छ । यो सरासर जनताप्रतिको बेइमानी हो भन्दा फरक पर्दैन । यस्तै काठमाण्डौ-विराटनगरको अधिकतम भाडा सात हजार चार सय ४० रुपैयाँ हो । तर ई-सेवाले सात हजार चार सय ५० रुपैयाँ लिएर टिकट दिएको छ । यसमा उसले एक सय ६२ रुपैयाँ क्यासब्याक दिएको भनेर जनताको आँखामा छारो हाल्ने दुर्श्प्रयास गरेको छ । 
यस्तो छ नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडादर 
धनगगढी-१२,४५०
माउनण्टेन फ्लाइट-११,१५०
सुर्खेत-११,२४५
भद्रपुर-८,९६५
नेपालगञ्ज-९,८५०
विराटनगर-७,४४०
राजविराज-६,११०
भैरहवा-६,१०५
लुक्ला-४,९७०
तुम्लिङटार-५,९२०
जनकपुर-४,२४०
सिमरा-३,०८०
जोमसोम-२९६०
भरतपुुर-३६०५
पोखरा-४९७५
यसो त प्रधानमन्त्रीका आइटी सल्लाहकारको पूर्व सीइओ भएकै कारण पनि सरकारकै संरक्षणमा इसेवाले लुट मच्चाईरहेको आरोप लगाउनेहरु पनि बढेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: