Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव : बैंकका रात्रीकालीन काउन्टर बन्द हुँदै, ऋण प्रवाहको काम ठप्प !

अर्थ सरोकार

काठमाडौ । बैंकहरुले रात्रीकालीन काउन्टर  बन्द गर्ने भएका छन् । कोरोना भाइरस कारण मानिसको भीडभाड कम हुँदै गएपछि बैंकहरुले ५ बजे पछिका सबै काउन्टर बन्द गर्ने भएका हुन् । उक्त भाइरसले विश्वव्यापी रुप लिएपछि अहिले बैंकले जुनसुकै एटीएम मेसिनबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलिने र डिजिटल भुक्तानीमा पनि शुल्क नलाग्ने बनाएका छन् । साथै अब बेलुका ५ बजे पछिका काउन्टर बन्द हुने भएका हुन् । 
यसैबीच सिटिजन्स बैंकले इभिनिङ काउन्टर बन्द गर्ने निर्णय गरिसकेको छ भने एनएमबी बैंकले पनि बेलुकी काउन्टर बन्द गर्ने निर्णय गरेको बताइएको छ ।  बैंकहरुले रात्रीकालीन सेवा मात्र बन्द गर्ने भएका हुन् । बैंकिङ सेवा अत्यावश्यक भएकाले बैंकका सबै शाखा खुल्ने छन् । बैंकबाट एलसी खोल्नु पर्ने लागायत काममा भने कुनै अवरोध हुँदैन । तर, ऋण प्रवाहको काम भने रोकिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK