
बाँके । बाँकेको एक चप्पल कारखानामा भीषण आगलागी भएको छ । जानकी गाउँपालिका–३ मा सञ्चालन भएको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भएको थियो । अन्तत: आगो नियन्त्रणको काम सफल भएको छ । कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् ।
यता प्रहरीका अनुसार आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । ‘तत्काल अन्य निकायसँग समन्वय गरेर हामी परिचालित भयौं र ठूलो क्षति हुनबाट जोगायौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।
विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण ठुलो बीमा दाबी पर्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्