Skip to content
LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा पनि बैंक नखोल्न स्थानीय सरकारहरुको निर्देशन, राष्ट्र बैंकको निर्देशन ‘गलत’ थियो भन्ने पुष्टी हुँदै !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘अत्यावश्यक’ भन्दै बैंकका निश्चित शाखाहरु खोल्न भनेपनि गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले बैंक तथा वित्तिय संस्था खोल्न आवश्यक नभएको भन्दै बन्द गर्न निर्देशन दिएका छन्। कतिले लिखित रुपमा यस्तो निर्देशन दिएका छन् भने कतिपयले यस्तो निर्देशन मौखिक रुपमा दिएका छन् ।
स्थानीय प्रशासनहरुको यस्तो निर्देशनपछि गण्डकी प्रदेशका अधिकांस ठाउँमा बैंकका शाखाहरु बन्द भएका छन् । स्थानीय प्रशासनहरुका यस्ता सूचनाले नेपाल राष्ट्र बैंकको बैंक खोल्ने निर्णय गलत थियो भन्ने पुष्टी हुँदै गएको बैंकरहरुको तर्क छ ।
कोरोना भाइरसको त्रासका कारण स्थानीय प्रशासनहरुले बैंकहरुका शाखा बन्द गर्न निर्देशन दिएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK