
काठमाडौं – नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्री वितरणको शुरूवात गरिएको जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो । ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, उनले भने, ‘सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरीद गरेर उहाँहरुको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ ।’
१२ वर्गमा विभाजन
लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर आज टेकुमा रहेको आयल निगमको कार्यालयवाट ग्यास वितरणको तयारी थालिएको प्रवक्ता उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी/असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ । त्यस्तै किरिया(आशौच) बसेको घर, बालाश्रम/बालगृह, पुनर्उत्थान केन्द्र/सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय/संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ ।
त्यस्तै, ग्यास नभएको गुनासो राख्न निमगले पाँच सम्पर्क नम्बर तोकेको छः कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्