
काठमाडौं । गेलुनखोला जलविद्युत् आयोजना लिलामी हुने भएको छ । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेपछि उक्त आयोजना लिलामी हुने भएको हो । गेलुनखोला जलविद्युत् आयोजनामा नएमबी बैंक, ग्लोबल आइएमई बैंक र लुम्बिनी विकास बैंकलेहरुले वित्तीयकरणमा ऋण लगानी गरेका थिए ।
ऋण लगानी गरेका उक्त बैंकहरुले बुधबार ३५ दिने सूचना जारी गर्दै सूचना जारी भएको ३५ दिन भित्र ऋण तिर्न आउन भनेको छ । ३५ दिन भित्र ऋण तिर्न नाएको खण्डमा भने आयोजनाको चल अचल सम्पत्ति सबै लिलाम गरिने सूचनामा उल्लेख छ । बैंकले ऋण तिर्न पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा समेत सुनुवाई नगरेको, सम्पर्कमा नआएको तथा कुनै पनि चासो नराखेको पाइएको छ । ऋणकर्जा स्म्बन्धी सम्पूर्ण शर्त पूरा नगरेको र त्यसको उल्लंघन गरेको सूचनामा उल्लेख छ । तोकिएको समयमा ऋण नतिरेको खण्डमा आयोजनाका लगानीकर्ता तथा व्यक्तिगत जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र कानूनअनुसार कारवाही गरिने समेत बताइएको छ ।
सुचना अनुसार कमलकुमार श्रेष्ठ, केशवबहादुर पुन, कमलप्रसाद श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, सूर्यलाल श्रेष्ठ, संगिता घिमिरे, अशोकुुमार श्रेष्ठ, ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रूप, विजी हाइड्रो इन्भेस्ट कम्पनी, क्यालिवर इन्भेस्टमेन्ट कम्पनीलगायतका अन्य व्यक्तिलाई पनि ऋण तिर्न आउन भनेको हो ।
सिधुपाल्चोकमा आयोजना स्थल रहेको सो आयोजनाबाट कूल ३.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो । आयोजनाको कूल लागत ४९ करोड ५८ लाख २३ हजार रहेको छ थियो भने आयोजनाबाट वार्षिक कूल ९ करोड ४ लाख कमाई हुने गरेको थियो ।
बाँकी जानकारीका लागि सुचना हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्