Skip to content
LAXMI SUNRISE BANK

सलाम यी घरभेटीलाई जसले गरे तीन महिनाको घरभाडा नलिने घोषणा…!

अर्थ सरोकार

काठमाडौं। काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । यतिबेला उनले गरेको सो घोषणा सामाजिक संजालमा भाइरल भएको छ । कोरोना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएका बेला लामिछानेले तीन महिनाको घरभाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्भाव देखाएको भन्दै उनको चौतर्फी तारिफ भएको छ ।
‘मैले आफ्नो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने बित्तिकै साथीहरुले सेयर गरेर भाइरल बनाइदिनुभयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK