
काठमाडौं। काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । यतिबेला उनले गरेको सो घोषणा सामाजिक संजालमा भाइरल भएको छ । कोरोना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएका बेला लामिछानेले तीन महिनाको घरभाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्भाव देखाएको भन्दै उनको चौतर्फी तारिफ भएको छ ।
‘मैले आफ्नो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने बित्तिकै साथीहरुले सेयर गरेर भाइरल बनाइदिनुभयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्