×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिम्मेवारी बहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

LAXMI SUNRISE BANK

जिम्मेवारी बहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर ।  गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारी लगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट संक्रमित भई मृत्यु भएमा निजको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । 
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त रोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताए । उनले भने, “हाल कोरोना भइरसका कारण पूरै देश लक डाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट संक्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हौं ।”
मुलुकमा लक डाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई १ महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ । यसैगरी, गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन ५ सय रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको पनि महर्जनले जानकारी दिए ।
नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई २ लाख बराबरको खर्च दिने निर्णय गरेको छ । यसैगरी, गोदावरीले लक डाउनको समयमा अपांगता भएका महिला, ६ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण संकलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय पनि गरेको छ । 
रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी