काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको रहेको छ । मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला ८२ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७० हजार ५ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।