काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६९ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।