
काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाइ ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्सले फागुन २८ गतेबाट उक्त ऋणपत्र जारी गर्ने भएको हो ।
कम्पनीको सो ऋणपत्रमा लगानीकर्ताले चैत २ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले कुल २ लाख ५० हजार इकाइ ऋणपत्रमध्ये १ लाख लाख इकाईमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री गर्ने छ भने बाँकी १ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
वार्षिक १२% ब्याज पाइने उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । कम्पनीले ७ वर्ष अवधिको ‘१२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
यस फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्