×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सले गर्‍यो २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला, कसले कतिदेखी कति कित्तासम्म भर्न पाउने ?

PRIME CA
GLOBAL IME BANK

गुडविल फाइनान्सले गर्‍यो २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला, कसले कतिदेखी कति कित्तासम्म भर्न पाउने ?

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको छ । यस ऋणपत्रमा १ लाख इकाई सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछभने बाँकी १ लाख ५० हजार इकाई बैंक आफैँले संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १२ ब्याज पाइनेछ ।
कम्पनीले ‘१२ गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । निष्कानि भने एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । यस ऋणपत्रलाई इक्रा नेपालले मध्यमस्तरको सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ दिएको छ ।
लगानीकर्ताले छिटोमा चैत २ गते र ढिलोमा चैत्र १२ गते आवेदन दिन पाउनेछ । प्रतिइकाई १ हजार रुपैयाँ पर्ने उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाउने छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: