काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ७८ हजार ३ सय मूल्य कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६७ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।